मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेताको जुत्ता

शनिबार, १८ भदौ २०७९, १४ : ४५
शनिबार, १८ भदौ २०७९

तिम्रो पाउमा काँडाले बिझाएन
म आफै काँडा कुल्चिदै हिँडे
तिम्रो खुट्टामा हिलो लागेन
म आफै हिलोमा टेक्दै हिँडे
तिम्रो पाउमा बालुवाले पोलेन
म तातो मरुभूमि सहेर हिँडे
तिम्रो वजनको भारी बोक्दा बोक्दै
म आफू खिइदै गएँ ।
मैले तिम्रो यात्रामा यसरी साथ दिएँ
जसरी दिएका थिए,
इमान्दार कार्यकर्ताले
निशर्त तिम्रो विश्वास गरेर
बेचिएर तिमीले देखाएका सपनामा ।

मेरो गुनासो यत्ति हो
आफूलाई बोकेर हिँड्ने
आफ्नै जुत्ताको तलुवा
खिइदै गएको वास्ता गरेनौँ ।
अनि मेरै सामुन्ने
चाट्न थाल्यौ तिमीले
अरुकै जुत्ताको तलुवा
जुन तलुवाले तिमीलाई
टिकट दियो
मन्त्री बनायो
पैसाका बिटा बर्षायो
गुण्डागर्दी सिकायो ।
अरुको तलुवा चाट्न थालेपछि
तिमीले आफ्नो जुत्ता मिल्कायौ
कतै झाडीतिर
सहरका नालीतिर ।
जसरी मिल्काएका थियौ
हिजो चुनाव जितेपछि
आफैलाई काँधमा
बोकेका कार्यकर्ता ।
जसरी मिल्काएका थियो
जनतालाई दिएका आश्वासन
आशा र विश्वासहरु ।
जब रातो कार्पेटमाथि हिँड्न थाल्यो
बिर्सियो काँडा कुल्चिएका जुत्ताहरु
दुःखमा साथ दिएका जुत्ताहरु ।

नेताज्यू,
सुनिस्योस न 
फेरि चुनाव आउँदैछ रे
फेरि, हिँड्नुपर्छ होला उही काँडाको बाटो
फेरि गर्नुपर्छ होला उहिी मरुभूमिको यात्रा
फेरि जित्नुपर्छ होला चुनाव
अब हजुरसंग
न खुट्टामा साथ दिने जुत्ता छन्
न काँधमा बोक्ने कार्यकर्ता ।
छन् त केवल केही थान
चाट्न बाँकी मालिकका जुत्ताहरु ।

रुरुक्षेत्र गाउँपालिका, बलेटक्सार, गुल्मी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप