गीतः नभत्काऊ सुन्दर संसार
शनिबार, १८ भदौ २०७९, १४ : ५६
पल पल मर्दै बाँचिरहेछु
पीडा जति मनभित्र सँगालिरहेछु
आफ्नैले कुरा नबुझ्दा मुटु कति दुख्दो रहेछ
कतै टाढा टाढा एकान्तमा मन डुल्दो रहेछ
भित्रभित्रै रुन्छु अरु कसैले सुन्ला कि
मभित्रको व्यथा बाहिर पो आउँला कि
मेरो वेदना तिमीले बुझेनौ या तिम्रो मैले
एक्लै त चल्दैन यो जिन्दगी जहिले
माया देऊ या देऊ घृणा
कठिन छ यात्रा एक अर्का बिना
मेरो अस्तित्व तिमीसंग छ, मसंग तिम्रो
नभत्काऊ यस्तरी यो सुन्दर संसार हाम्रो ।
खडक–१०, फुलवडिया, सप्तरी
हालः पोखरा, कास्की