मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेताजी, सत्ता किन चाहियो ?

शनिबार, १८ भदौ २०७९, १५ : ०२
शनिबार, १८ भदौ २०७९

वर्षौ कमायौ अकुत द्रब्य तिमीले अब सत्ता किन चाहियो ?
वरपर, दायाँ बायाँ तस्करको झुन्ड अब भत्ता किन चाहियो ?
झोले, मुन्द्रे, दलाल, कमिसनखोर छन्  तिम्रा भजन मन्डली
तिनै भुक्छन् लस्पसिन्छन् भौं भौं गर्दै छुट्टै कुत्ता किन चाहियो ?

हारे, थाके जनता बगाई रगत पसिना अब भोट किन चाहियो ?
जनले गन्न नसकिने सम्पत्ति तिमीसँग अब नोट किन चाहियो ?
सँगै लडेका लडेको लड्यै भए तिमी उठ्यो कालो बादल सरी
बन्यो तिम्रो भब्य दरबार, महल अब झुपडी, गोठ किन चाहियो ?

जनता प्रतिको बेईमानीको थुप्रो अरु खोट किन चाहियो ?
नोटको थुप्रोमा उत्तानो तिमी दौरा सुरुवाल किन चाहियो ?
संस्कार बेची धुजा धुजा बनायौ गर्दैछौ संस्कृतिका कुरा
आयातित अत्तरमा रमाउने तिमी तुलसी मठ किन चाहियो ?

आफै जित्छौ चुनाउ कपट, छल र बलले गाउँले किन चाहियो ?
जनता बलि बन्नुपर्ने ५ बर्षे मेलामा मतदाता किन चाहियो ?
छाते, हुक्के, ढोकेले बोके तिम्रो हिसाबको मूल ठेली
पुग्छ होला भोट तिनै तस्करको मुठाले हामी किन चाहियो ?
                                 बैतेश्वेर–४, दोलखा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप