मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : स्वतन्त्रको जित

शनिबार, १८ भदौ २०७९, १५ : ०७
शनिबार, १८ भदौ २०७९

सपना देखेर बिर्सिदै गएका पनि दोहोरिए
नयाँ सपना पनि भित्रभित्रै गुम्सिए 
अब नयाँ सपना साँच्चिकै नयाँ हुनुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

देशको माटो उक्काउँदा नबोल्नेहरु
अब बोल्नै नपर्ने गरी बाहिरिनुपर्छ
काम गर्न सक्ने ब्यक्ति भित्र आउनुपर्छ 
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

मेरो देश आजसम्म भोकभोकै बसेको छ
कमिसनले कहिल्यै अघाउन सकेको छैन 
मेरो देशलाई अब सबै मिली चम्काउनुपर्छ
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

देश बनाउनेलाई हामीले सम्मान गर्नुपर्छ 
अब भने सबै मिली देशको मुहार फेर्नुपर्छ 
दलको हैन जनताको कुरा सुन्नुपर्छ 
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

खुशी को हुन्छ बेरोजगारीको छाता ओढेर 
रोजगार खोज्दै जीवन भर भौंतारिएर 
स्वतन्त्रले देश चल्दैन भन्नेहरुले बुझ्नुपर्छ 
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ  ।

रगतसंग पैसा साट्न मरुभूमि छिरेर 
कति बस्ने अर्काको देशमा दुःख झेलेर 
अब नयाँ नेतृत्व मेरो देशले पाउनुपर्छ 
यसपालीको चुनाव स्वतन्त्रले जित्नुपर्छ ।

बगनासकाली–८, पाल्पा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप