मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सवारी चालकको लागूपदार्थ सेवन जाँच सुरु, तस्बिरहरु हेर्नुहोस्

शनिबार, १८ भदौ २०७९, १९ : ४०
शनिबार, १८ भदौ २०७९

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकले लागु पदार्थ सेवन गरेको वा नगरेकोबारे पुनः  परीक्षण गर्न थालेको छ । शनिवार बालाजुस्थित बनस्थलीमा ट्राफिक प्रहरीले लामो र छोटो दुरीका सवारी चालकले लागु औषध सेवन गरेको वा नगरेको बारे परीक्षण गरेको छ । 

शनिवार २५ जना चालकको स्याम्पल परीक्षण गरिएको तर, नेगेटिभ रिपोर्ट आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरीले पुनः लागु पदार्थ सेवनबारे परीक्षण गर्न थालेको हो । 

यसअघि साउन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकले लागुपदार्थ सेवन गरे नगरेको परीक्षण गरेर सो अभियान शुरु गरिएको थियो । बीचमा टेष्ट किटको अभावले परीक्षण रोकिएको डीआईजी चौधरीले बताइन् । सवारी चालकको पिशाव ‘टेष्ट किट’मा राखेर ड्रग्स सेवनको अवस्था र मात्रा बारे परीक्षण गरिन्छ ।

उपत्यका ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण गर्न यसअघि धुलिखेलस्थित बागमती प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालले प्राविधिक सहयोग गरेको थियो ।  मादक पदार्थ सेवन परीक्षण नियमित गरिएपनि उपत्यकामा लागु पदार्थ सेवन गर्नेहरुलाई नियमित परीक्षण गरिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप