सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मिलान डर्बी : एसी मिलानको रोमाञ्चक जित

आइतबार, १९ भदौ २०७९, ०८ : २२
आइतबार, १९ भदौ २०७९

इटालियन सिरी ए फुटबलको मिलान डर्बी भिडन्तमा एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले हराएको छ । शनिबार राती भएको खेलमा मिलान १–० गोलले पछि रहेको नतिजालाई उल्टाउँदै जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन राफल लियोले दुई गोल गरे । त्यस्तै ओलिभर जिरुडले एक गोल गरे । यता इन्टरका लागि मार्सेलो ब्रोजोभिक र इडिन जेकोले एक–एक गोल गरे ।

खेलको २१ औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । मिलानका लागि राफेलले खेलको २८ औं मिनेटमा गोल गर्दै मिलानलाई १–१ गोलको बराबरीमा ल्याए ।

ओलिभर जेरुडले खेलको ५४ औं मिनेटमा गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । ६० औं मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३–१ को अग्रता दिलाए ।

इन्टरका लागि जेकोले ६७ औं मिनेटमा गोल गरेपनि मिलानले ३–२ गोलको जित हात पार्यो । जितसँगै मिलान ५ खेलमा ११ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ ।

पराजित इन्टर ९ अंक जोडेर पाँचौं स्थानमा छ । शनिबार राती नै भएको अर्काे खेलमा नापोलीले लाजियोमाथि २–१ गोलको जित निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप