सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल

आइतबार, १९ भदौ २०७९, ०८ : २५
आइतबार, १९ भदौ २०७९

केलियन एम्बाप्पेले दुई गोल गर्दा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्तेसलाई ३–० गोल अन्तरले हराएको छ । शनिबार राती भएको पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे । त्यस्तै नुनो मेन्डिसले एक गोल गरे ।

नान्तेसको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा एमबाप्पेको गोल मार्फत पीएसजीले सुरुआती अग्रता दिएको थियो । नान्तेस खेलको २४ औं मिनेटमा १० खेलाडीमा समेटियो । नान्तेसका फाबियोले रातो कार्ड पाएर बाहिरिए । ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । पराजित नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप