मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जामा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

आइतबार, १९ भदौ २०७९, १० : ३५
आइतबार, १९ भदौ २०७९

स्याङ्जाको पुतलीबजार नगरपालिका–८ मा ४२ वर्षीया मञ्जु दमाईको हत्या भएको छ । हत्या आरोपमा उनका पति ४० वर्षीय गोपाल दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रबिन्द्र खनालले रातोपाटीलाई बताए ।

भदौ १४ मा गोपालले कुटपिट गरेर टाउकोमा समेत हिर्काएपछि गम्भीर घाइते भएकी मञ्जुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । 

मञ्जुको मृत्युपछि पक्राउ परेका पतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप