मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

डा.थापाको ‘सन्तापको धून’ लोकार्पण

आइतबार, १९ भदौ २०७९, ११ : ०९
आइतबार, १९ भदौ २०७९

कथाकार डा.अशोक थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह लोकार्पण गरिएको छ । प्रज्ञा प्रतिष्ठन कमलादीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरू प्राडा. गोविन्दराज भट्टराई, प्राडा. खगेन्द्र लुइटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटमले उक्त कृतिको सामूहिक लोकार्पण गरेका हुन् । डा.ज्ञानु पाण्डे र डा.नेत्र एटमले कृतिमाथि आआफ्ना धारणा राखेका थिए ।

सो क्रममा समालोचक डा.नेत्र एटमले दुःखमा अन्त्य भएका कुराले धेरै पछिसम्म छोइरहने र सुखमा अन्त्य भएका कुरा विस्तारै हराउँदै जाने भन्दै यस सङ्ग्रहभित्रका कथामा चाहिँ सन्त्रास तथा सन्तापको धून रहको बताए । कथा सङ्ग्रह निकै मर्मस्पर्शी, यथार्थवादी रहेको पनि उनले बताए । “कथाको शिल्प कलात्मक छन् । सैद्धान्तिक स्वरूपअनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ,” उनले भने, “डा. थापाका कथामा सामाजिक यथार्थता छन् ।” 

डा.पाण्डेले धूनहरू धेरै किसिमका हुने बताइन् । “धूनहरूबाट हामीले आनन्द लिन सक्नुपर्छ । हरेक किसिमका धूनहरूले जीवनलाई घेरेको छ,” उनले भनिन् । सन्तापको धून प्रतिकारात्मक पुस्तक रहेको र निकै पठनीय पुस्तक भएको उनले बताइन् । कथाभित्रका पङ्क्तिहरू हृदयस्पर्शी रहेको उनले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप