सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नम्रताको ‘कालो कोठी’ मा भुतुक्कै सुधिर

आइतबार, १९ भदौ २०७९, १५ : ०३
आइतबार, १९ भदौ २०७९

केही अगाडि अविवाहित आमा बन्ने धारणा राखेर चर्चामा छाएकी अभिनेत्री नम्रता सापकोटा म्युजिक भिडियोमा पनि बेलाबेलामा छाउँने गरेकी छन् । यस्तैमा उनी अभिनित नयाँ म्युजिक भिडियो ‘कालो कोठी’ सार्वजनिक भएको छ । 

गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वर रहेको गीतको भिडियो अभिनयमा नम्रतालाई सुधिर श्रेष्ठले साथ दिएका छन् । समीर राईको शब्द रहेको गीतमा विक्रम थापाको संगीत छ ।

क्लब डान्सको रुपमा छायांकन भएको भिडियोमा नम्रता निकै मस्ती मुडमा देखिएकी छन् । बुद्ध थापाको छायांकन रहेको भिडियो बिष्णु खड्काको सम्पादन गरेका हुन्, भने भिडियोमा निर्देशक रायन कार्की रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप