मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ बजारमा

आइतबार, १९ भदौ २०७९, १७ : ४३
आइतबार, १९ भदौ २०७९

दुर्गा ढकालको कवितासंग्रह ‘अक्षरको पराकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहको आयोजनमा उक्त कवितासंग्रह विमोचन गरिएको हो ।

पुस्तकको प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती, प्रा.डा रमेश भट्टराई, प्राडा.सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा लोकार्पण गरेका गरेका थिए। १४ वर्ष विदेशी भुमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैमा सुन्दर कार्य रहेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताए । 

कुलपति गँगाप्रसाद उप्रेतीले ‘कविता एउटा विचार हो’ भन्दै जो जहाँ गएपनि मानिसले आफ्नो भुगोल, संस्कार, संस्कृतिको माया गर्ने बताए । उनले कुनै पनि घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका तेन्द्राहरु कलममा जागृत हुने उनको भनाइ थियो। यस्तै साहित्यकार युवराज नयाँघरेले कविता लेखन सामान्य कुरा नभइ आफैमा दुष्सहास भएको र लेखिका ढकालले आफ्ना भावना पुस्तककमा पोख्न सकेकोमा खुसी व्यक्त गरे ।

सामाजिक अभियन्ता समेत रहेकी लेखिका ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने भन्दै कविता सजिलै सिर्जना नहुने बताइन् । लेखिका ढकाल विगत १५ वर्षदेखि युकेमा परिवारसहित बस्दै आएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप