सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कमल खनालको ‘बाकस’ गीत सार्वजनिक

आइतबार, १९ भदौ २०७९, १९ : ५८
आइतबार, १९ भदौ २०७९

गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको स्वरमा उनले ‘बाकस’ बोलको गीति कहानी सार्वजनिक गरेका हुन् ।

खनाल स्वयंको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कथा भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरूको हो ।   

मिराज अर्यालले ‘बाकस’ गीतको भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्धय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ । आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गरेका छन् । दिनेश विष्टको छायाँकन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप