डल्फिनको चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक
मङ्गलबार, २१ भदौ २०७९, ११ : २१
नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै त्रीवेणी प्लास्टोपोलिमर्स प्रालिबाट उत्पादित डल्फिन ब्रान्डका प्लास्टिक फर्निचारका समानहरु खरिद गरेबापत कम्पनीले ग्राहकहरुलाई लक्षित गरि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।
भाद्र १६ गतेबाट मंसिर १५ गतेसम्म लागू हुने गरि डल्फिन ब्रान्डका समानहरु खरिद गरेवापत उपभोक्ताले खरिद गरेको बिल मोबइल नम्वर ९८४७६८३१०२ मा पठाउनु पर्नेछ। प्राप्त भएका बिलहरु मध्येबाट कम्पनीले गोलप्रथाबाट विजेताहरुको छनौट गर्नेछ।
विजेताहरु मध्येबाट केहीलाई थाइल्याण्ड टुर र केहीलाई नेपालकै कुनै स्थानमा हेलिकप्टरमर्फत घुमाइनेछ। साथै केही जोडिलाई पाइप स्टार होटेलमा एकरात बिताउने अवसर प्रदान गरिनेछ।