सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियरमा ‘ऐना झ्यालको पुतली’ को प्रशंसा

मङ्गलबार, २१ भदौ २०७९, १२ : २४
मङ्गलबार, २१ भदौ २०७९

आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘ऐना झ्यालको पुतली’ । फिल्मको सोमबार साँझ सिभिल महलस्थित क्युएफएक्समा प्रिमियर गरिएको छ । प्रिमिएरमा फिल्मकर्मी, गायक गायिका, रंगपत्रकार, साहित्यकार, नेता तथा बिभिन्न ब्यक्तिको उपस्थिती रहेको थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्म मनपरेको प्रतिक्रिया दिए ।

प्रिमियरपछि गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताउँदै यो फिल्म नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन् । ‘मैले आजसम्म हेरेका नेपाली फिल्म मध्ये सबैभन्दा सुन्दर लाग्यो । यो फिल्म सबै स्कुलले आफ्न विद्यार्थीलाई देखाउनुपर्छ ।’

नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए । ‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा फिल्मको कोटीमा पर्छ । नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफखोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने । 

साहित्यकार नयनराज पाण्डेले फिल्म राम्रो भएको बताउदा नाटक निर्देशक विमल सुवेदीले फिल्मलाई आफ्नो जीवन कालमै हेरेको उत्कृष्ट फिल्म भएको बताए । 

फिल्म हेर्न प्रिमिएरमा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत लगायत समेत पुगेका थिए ।

सुजित बिडारीको लेखन तथा निर्देशन रहेको फिल्म  आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयंले मिलेर बनाएका हुन् ।

उच्च शिक्षाको अभिलासा पालेकी एक किसोरीको कथा भनेको फिल्मले बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएर पुरस्कृत समेत जितेको थियो । 

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतको अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप