सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कस्तुपको नयाँ गीत ‘भनिदेन ए मन’ सार्वजनिक

मङ्गलबार, २१ भदौ २०७९, १२ : ३६
मङ्गलबार, २१ भदौ २०७९

गायक तथा संगीतकार कस्तुप पन्तले नयाँ गीत ल्याएका छन् । उनको शब्द, संगीत तथा स्वरमा लगातार आधुनिक गीतहरु बाहिर आइरहेका छन् । यस्तैमा गायक पन्तको शब्द तथा संगीतमा निकै मार्मिक गीत ‘भनिदेन ए मन’ सार्वजनिक भएको छ ।

गीतमा प्रेमीकाको सम्झनामा प्रेमीले ब्यक्त गरेका भावनाहरु समेटिएको छ । रुवाउने खालका प्रेमपिडाका शब्द समेटिएका गीतमा स्वर गायक प्रमोद खरेलले दिएका छन्, भने संगीत संयोजन बिशाल निरौराको रहेको छ । 
गीतको भिडियोमा पनि त्रिकोणत्मक प्रेमकथा समेटिएर निर्माण भएको छ । दीलिप ओखेडा र दीपिका थापाको अभिनय रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । 

प्रकाश थापाको छायांकन र मिलन बिकको सम्पादन भिडियोमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप