डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह
कोरोना महामारी कायमै रहेको अवस्थामा देशव्यापी रुपमा फैलिएको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्य जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
डेङ्गु संक्रमणबाट नेपालमा भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको भन्दै आयोगले रोगको निदानमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।
‘नागरिकको स्वास्थ्य सम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेङ्गु सङ्क्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुन, डेङ्गु नियन्त्रण तथा रोकथामका लागि सरसफाई, जनचेतनालगायतका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग तीनै तहका सरकारहरुलाई आग्रह गर्दछ’, आयोगको विज्ञप्तिमा भनिएको छ।