सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पीएसजीको जितमा एमबाप्पेको दुई गोल

बुधबार, २२ भदौ २०७९, ०८ : १८
बुधबार, २२ भदौ २०७९

केलियन एमबाप्पेले दुई गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ । 

मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो । समूह चरण अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा केलियन एमबाप्पेले दुबै गोल गरे ।
 
यता युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल गरे । खेलको पाँचौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । २२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को अग्रता दोब्बर पारे ।

युभेन्ट्सका वेस्टन म्याककेन्नीले ५३ औं मिनेटमा गरेपनि पीएसजी २-१ ले विजयी भयो । जितसँगै पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ । यता युभेन्ट्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप