सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुधबार, २२ भदौ २०७९, ०९ : २४
बुधबार, २२ भदौ २०७९

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानी धारामा चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । 

हिजो बेलुका सवा ७ बजे पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ वर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप