सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लोसपा अध्यक्ष ठाकुर सप्तरी–२ बाट सिफारिस

बुधबार, २२ भदौ २०७९, ०९ : ४४
बुधबार, २२ भदौ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फबाट सिफारिस गरिएको छ ।  

जिल्ला समन्वय समिति सप्तरीको सभा हलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उनको नाम सिफारिस गरिएको पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डलले जानकारी दिए । प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ दुलारीदेवी खङ्ग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभाका सदस्यका लागि क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ विनोदकुमार सिंह र सरोज मण्डल तथा समानुपातिकतर्फ केशवकुमार झा, उषाकुमारी मण्डल, विनोदकुमार मण्डल, रिका मेहता, महेन्द्र खंग खत्वे, विनोदकुमार सिंह, लक्ष्मीप्रसाद मण्डल, भोलाप्रसाद मुखिया, विनादेवी राय र  मालती सदाको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेशसभा सदस्यका लागी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ शैलेश चौधरी, शम्भुप्रसाद यादव र शरदसिंह यादव तथा समानुपातिकतर्फ पुनमकुमारी यादव, रेणुकुमारी मण्डल र उजला सरवरियाको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप