आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंकको ९३ हजारभन्दा बढी कित्ता संस्थापक सेयर लिलामीमा

बुधबार, २२ भदौ २०७९, ११ : ५७
बुधबार, २२ भदौ २०७९

लुम्बिनी विकास बैंकले ९३ हजार चार सय सात कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा राखेको छ ।

बैंकले चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा राखेको हो । 

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउने बैंकले भनेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप