आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको लुम्बिनी प्रदेश कमिटीले जिल्लाबाट आएका सिफारिसमा राय लेख्दै

बुधबार, २२ भदौ २०७९, १२ : १४
बुधबार, २२ भदौ २०७९

नेकपा एमाले प्रदेश कमिटी लुम्बिनीले क्षेत्र र जिल्लाबाट  सिफारिस भएर आएका प्रतिनिधिहरुको नाम अध्ययन गर्दै राय लेख्न सुरु गरेकाे छ ।  प्रदेश कमिटीको आज दिउँसो बस्ने बैठकले जिल्लाबाट आएका सिफारिसको अध्ययन गर्दै राय लेखेर केन्द्रमा  पठाउने तयारी गरेकाे हाे । 

प्रदेश कमिटीले क्षेत्र र जिल्लाबाट आएका सिफारिसहरूको अध्ययन  गर्ने र केहीमा थप राय  लेख्नु पर्ने भए  क्षेत्रमा लेखेर केन्द्रमा पठाउने लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले रातोपाटीलाई बताए । 

प्रदेशका १२ वटै जिल्लाबाट  सङ्घ, प्रदेश र समानुपातिक नामावली आएको छ। उनले भने केही आरक्षण कोटा नमिलेका भए सच्चाउने र आवश्यकता अनुसार थप राय लेखेर प्रदेश कमिटीले केन्द्रमा पठाउनेछ ।
 
हिजोबाट सुरु भएको प्रदेश बैठकमा सबै जिल्ला अध्यक्षहरू रिर्पोटिङ गरेर भ्याएका छन् भने चुनावी रणनीति, केन्द्रले दिएका निर्देशन आदिका विषयमा छलफल भइसेको छ । आज साँझसम्म राय लेख्ने काम गर्ने प्रदेश कमिटीमा एक सदस्यले बताए। १२ वटै जिल्लाबाट सिफारिस गरेका नामहरू प्रदेशमा आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप