सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डेढ करोडको जेल पेन र लाहा किन्दै आयोग

बुधबार, २२ भदौ २०७९, १२ : ३५
बुधबार, २२ भदौ २०७९

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने लाहा र जेल पेन खरिद गर्नका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत गरिएको छ । 

आयोगले निर्वाचन प्रयोजनका लागि १ करोड ४२ लाख १९ हजार ९२० रुपैयाँ बराबरको लाहा र जेल पेन खरिद गर्न लागेको हो ।

गत भदौ १७ गतेसम्म दर्ता हुन आएका बोलपत्रहरूमध्ये निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ बमोजिम भदौ २१ गतेको निर्णय अनुसार अनामनगरस्थित लक्की एएस इन्टरप्राइजेजलाई प्रदान गरिएको आयोगले जानकारी दिएको छ । 

अब सम्झौता स्वीकृत भएको बोलपत्र दाताले २३ गतेभित्र कार्य सम्पादन जमानत र सप्लाई गरिने लाहा र जेलपेन ३० (तीस) दिनभित्र आपूर्ति गर्न सक्ने आधार र प्रमाण सहितको विस्तृत कार्यतालिका पेस गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप