राष्ट्रिय सभाका विषयगत समितिहरुमा सभापति चयन हुँदै
बुधबार, २२ भदौ २०७९, १३ : ०६
राष्ट्रिय सभा अन्तर्गत रहेका विभिन्न विषयगत समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ ।
बुधबार विभिन्न ४ समितिका सभापतिका लागि मनोनयन दर्ता भएको र बिहिबार बस्ने समितिको बैठकले पारित गर्ने राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए ।
दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापतिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिल कुमारी रावल थापा पार्वतीको उम्मेदवारी परेको छ ।