सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इन्टरमाथि बायर्नको जित

बिहीबार, २३ भदौ २०७९, ०८ : २०
बिहीबार, २३ भदौ २०७९

जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लोरी सानेले एक गोल गरे । त्यस्तै बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।

इन्टरको घरेलु मैदानमा खेलको २५ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । इन्टरका डानिलो डी’आम्ब्रोसियोले खेलको ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नले २–० गोल जित निकाल्यो ।

जितसँगै समूह ‘सी’ को बायर्नले पहिलो खेल ३ अंक जोडेको छ । यता इन्टरले हारबाट च्याम्पियन्स लिगको सुरुआत गरेको छ । यसै समूहमा ३ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप