सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोर्टाेमाथि एट्लेटिकोको रोमाञ्चक जित

बिहीबार, २३ भदौ २०७९, ०८ : ४१
बिहीबार, २३ भदौ २०७९

स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक जित निकालेको छ । बुधबार राति इन्ज्युरी समयमा तीन गाेल भएको खेलमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टाेलाई २–१ ले हराएको हो ।

घरेलु मैदानमा एट्लेटिकोको जित दिलाउन मारियो हर्माेसो र एन्टोनियो ग्रिजमनले एक एक गोल गरे । पोर्टाेका मेटेअस युरिवेले एक गोल फर्काए । खेलको ५० औं मिनेटमा कोकीले गोल गरेपनि गोलले मान्यता पाएन ।

पाहुना टोली पोर्टाेका मेदी तारेमी खेलको ८१ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिँदा टोली १० खेलाडीमा समेटियो । इन्ज्युरी समयको पहिलो मिनेटमा मारियोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा मेटेअस युरिवेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको अन्तिम समयमा एन्टोइन ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले पहिलो खेलबाट ३ अंक जोडेको छ । यता पोर्टाेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत नै अर्काे खेलमा आयाक्सले रेन्जर्सलाई ४–० गोल अन्तरले हराएको छ । त्यस्तै अर्काे खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १–० गोलले हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप