सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्लाही–३ बाट दीपक महतोको नाम सिफारिस

बिहीबार, २३ भदौ २०७९, १० : ५२
बिहीबार, २३ भदौ २०७९

नेपाल समाजवादी पार्टी जिल्ला समिति सर्लाहीले सर्लाही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि दीपक महतोको नाम सिफारिस गरेको छ ।

नेसपा जिल्ला कार्यसमितिको बैठकले सो क्षेत्रबाट दीपक महतोको नाम मात्र सिफारिस गरेको हो । बरहथवा नगरपालिकाका दीपक महतोको राजनीति यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । मधेसवादी दलबाट राजनीति सुरु गरेका दीपक महतो डा.बाबुराम भटट्राईले गठन गरेको नयाँ शक्तिबाट नेपालको मूलधारको राजनीतिमा सक्रिय भएका थिए ।

नयाँ शक्तिको विद्यार्थी संगठनको उपाध्यक्ष समेत भइसकेका हाल उनी नेसपाका केन्द्रीय सदस्य तथा नेपाल समाजवादी युवा संघका सहअध्यक्ष पनि हुन् ।

माओवादी केन्द्रको चुनाव चिन्हबाट नेसपा यसपटकको निर्वाचनमा भाग लिँदै छन् । गत संघीय निर्वाचनमा सर्लाही–३ बाट माओवादी केन्द्रका रामेश्वर राय यादव चुनाव जितेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप