मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘धेरैको धपेडी’  सार्वजनिक

बिहीबार, २३ भदौ २०७९, ११ : ४६
बिहीबार, २३ भदौ २०७९

स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईको पुस्तक हो –‘धेरैको धपेडी’ ।

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरि सरल भाषामा व्याख्या गरेको छ ।

हामी नेपालीहरूको महान् चाड अब एकपछि अर्को गर्दै दैलोमै आइपुगेका छन् । यतिबेला हामी खानपिनदेखि लिएर वस्तुको संकलनमा असाध्यै केन्द्रित हुन्छौँ । त्यसमाथि पछिल्लो समय हामीले ‘के’ र ‘कति’ भन्दा पनि ‘सकेसम्म धेरै’ भन्न थालेका छौँ । यो ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले खोस्दै लगेको हाम्रो सुखमय जीवनकै सेरोफेरोमा पुस्तक प्रवेश गरेको छ ।

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाई दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेसनल इन्स्टीट्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

दुइ सय २८ पृष्ठ लामो‘धेरैको धपेडी’  पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप