आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कर्णालीको निर्णय : जिल्लाबाट सिफारिस भएका नाम केन्द्रमा पठाउने

बिहीबार, २३ भदौ २०७९, १२ : ५६
बिहीबार, २३ भदौ २०७९

नेकपा एमाले कर्णाली प्रदेशले जिल्लाबाट प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीले भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

प्रदेश अध्यक्ष विनोदकुमार शाहले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरूबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको जानकारी दिए ।
 
प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको छ ।

यस्तै,  शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन, आसन्न निर्वाचनमा पार्टीका सबै कमिटीहरूलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिने, पार्टीको प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा, गाउँ-नगरपालिका, वडा र टोल गरी ७ तहका निर्वाचन परिचालन कमिटी गठन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप