सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो सोहित र अशिस्माको फिल्म लाखे आजु’

बिहीबार, २३ भदौ २०७९, १३ : ०२
बिहीबार, २३ भदौ २०७९

नेपाल भाषाको फिल्म ‘लाखे आजु’को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर निर्माण युनिटले फिल्मका पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा लाखे र फिल्मका मुख्य कलाकार सोहित मानन्धर र अशिस्मा नकर्मी प्रधान अटाएका छन् ।

बिके फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ फिल्मका निर्माता हुन् । फिल्म चाँडै प्रदर्शन मिति घोषणा हुनेछ ।

नेपाल भाषाको पौराणिक कथा उठान गरेको फिल्ममा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । फिल्ममा बरिष्ठ हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन् ।

‘लाखे आजु’मा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको डान्स कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप