सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइफोनका चार मोडल सार्वजनिक, पुरानो प्रोसेसर र डिजाइन, दियो स्याटलाइट कम्युनिकेशन फिचर

बिहीबार, २३ भदौ २०७९, १४ : ५९
बिहीबार, २३ भदौ २०७९

आइफोन १४ सिरिजलाई बुधबार एप्पलको ‘फार आउट’ कार्यक्रममा विश्वव्यापी रुपमा सार्वजनिक गरियो । पछिल्लो केही महिनादेखि थुप्रै अफवाहपछि अन्ततः एप्पलको स्मार्टफोनको नयाँ सिरिज हामी सबैमाझ छ । यो सिरिजमा आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स समावेश छ । एकातिर आइफोन १४ र आइफोन १४ प्रो साना मोडल हुन् भने अर्कोतर्फ आइफोन १४ प्लस र आइफोन १४ प्रे म्याक्स ठूलो स्क्रिन मनपर्नेहरुलाई टार्गेट गर्छन् । प्रो सिरिजबाट नचलाई हटाइएको छ र यसको साटो एउटा पिल शेप होल–पञ्च कटआउटको प्रयोग गरिएको छ जसमा अब फ्रन्ट क्यामरा र फेस आइडी प्रविधि जडान गरिएको छ ।

यसका साथै नन–प्रो मोडल अघिल्लो वर्षको  Apple A15 Bionic SoC मा काम गर्छ भने प्रो मोडलले लेटेस्ट Bionic A16 SoC​ पाएको छ । नयाँ स्मार्टफोन अमेरिकामा वाईफाई बिना ई–सिम एक्टिभेसनसहित आउँछ । पहिलो पटक अमेरिकामा आइफोन मोडलमा सिम ट्रे दिइएको छैन । स्मार्टफोन स्याटलाइट आपतकालीन कम्युनिकेशन टेक्नोलोजीसहित आउँछ जसको उपयोग स्याटलाइटमा आपतकालीन एसओएस पठाउनका लागि गरिन्छ । यो फिचर अमेरिका र क्यानडामा सुरु हुनेछ र यो लेटेस्ट रेन्जसहित दुई वर्षसम्म निःशुल्क प्रदान गरिनेछ ।

मूल्य

आइफोन १४ को मूल्य ७९९ डलर तोकिएको छ । यो स्मार्टफोन पाँच वटा रङमा उपलब्ध हुनेछ । यसै गरी आइफोन १४ प्लसको मूल्य ८९९ डलरबाट सुरु हुन्छ । यो पनि पाँचवटा रङमा उपलब्ध छ ।

आइफोन १४ र १४ प्लसका लागि प्रि अर्डर ९ सेप्टेम्बरदेखि सुरु हुनेछ जहाँ आइफोन १४ को बिक्रि १६ सेप्टेम्बरबाट सुरु हुनेछ, आइफोन १४ प्लसको बिक्रि ७ अक्टोबरदेखि सुरु हुनेछ ।

आइफोन १४ प्रोको मूल्य ९९९ डलरबाट सुरु हुन्छ र सबैभन्दा महँगो आइफोन १४ प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ डलर तोकिएको छ ।

आइफोन १४ को विशेषता

आइफोन १४ ले एउटा फ्ल्याट–एज एल्यूमिनियम फ्रेम पाएको छ जसमा अगाडि तर्फ सिरेमिक शिल्ड मटरियल छ र यो पछिल्लो जेनेरेशनजस्तै IP68​ रेटिङद्वार सुसज्जित छ । ह्यान्डसेटमा ६.१ इन्चको  OLED​ डिस्प्ले छ जसलाई अघिल्लो वर्षको ह्यान्डसेटको तुलनामा ब्राइटनेस र कलर रिप्रोडक्सनको मामिलामा उत्कृष्ट बताइएको छ । यसले 1200 nits पिक ब्राइटनेस र डल्बी विजनलाई सपोर्ट गर्ने बताइएको छ । यसमा एप्पलको A15 Bionic SoC पाइन्छ जुन अघिल्लो वर्षको आइफोन १३ सिरिजमा समावेश थियो । यसबाहेक यसमा सधैँजस्तै फेस आइडी प्रविधिलाई पनि समावेश गरिएको छ ।

एप्पलले आधिकारिक रुपमा  र्‌यामकाे मात्रा र प्रत्येक मोडलको ब्याट्री क्षमताबारे खुलासा गर्दैन । यद्यपि, आउँदो हप्तामा थर्ड–पार्टीको टियरडाउनमार्फत् यसको जानकारी प्राप्त हुने आशा गरिएको छ । एप्पलका अनुसार आइफोन १३ अघिल्लो वर्षको आइफोन १३ को तुलनामा बढी रन टाइम दिन सक्षम हुनेछ र यो आइफोनमा हालसम्मको सबैभन्दा राम्रो ब्याट्री लाइफसहित आउँछ ।

जहाँसम्म क्यामराको कुरा छ, यसको डुअल क्यामरा सेटअपमा f/1.5​ अपर्चर र सेन्सर–आधारित स्टेबलाइजेशनसहित एक अल्ट्रावाइड र एक नयाँ १२–मेगापिक्सल प्राइमरी क्यामरा समावेश छ । एप्पलले कम प्रकाशमा लिइएको तस्बिरको क्वालिटीमा ४९ प्रतिशत सुधार भएको र नाइट मोड अब दोब्बर फास्ट भएको दाबी गरिएको छ । अगाडितर्फ अटोफोकससहित एउटा नयाँ १२ मेगापिक्सलको ट्रुडेप्थ क्यामरा पनि छ । एप्पलका अनुसार उसले आफ्नो डिप फ्युजन इमेज प्रोसेसिङलाई इमेज पाइपलाइनमा लागू गरिरहेको छ जसमार्फत् लो–लाइट परफर्मेन्स र कलर रेन्डरिङमा सुधार हुनेछ ।यो प्रविधिलाई ‘फोटोनिक इन्जन’ नाम दिइएको छ । भिडियो रेकर्डिङमा एक्सन मोड नामको नयाँ स्टेबलाइजेशन मोड पनि पाइन्छ जसले जिम्बल–एस्क स्टेबलाइजेशनका लागि पूरा सेन्सरको उपयोग गर्छ ।

आइफोन १४ प्लसका विशेषता

आइफोन १४ प्लसमा ठूलो स्क्रिन साइज र ब्याक्ट्री ब्याकअपबाहेक आइफोन १४ को जस्तै हार्डवेयर छ । ह्यान्डसेटमा ६.७ इन्चको AMOLED ​डिस्प्ले छ र एप्पलको दाबी अनुसार आइफोन १४ प्लसमा उत्कृष्ट ब्याट्री ब्याकअप पाइन्छ । अन्य सबै विशेषता आइफोन १४ को समान छ ।

आइफोन १४ प्रोका विशेषता

जहाँसम्म प्रो मोडलको कुरा छ, एप्पलले यसमा सर्जिकल ग्रेड स्टेनलेस स्टिल उपयोग गरेको छ । आइफोन १४ प्रोमा एप्पलको ProMotion 120Hz​ रिफ्रेश रेट फिचरसहित ६.१ इन्चको AMOLED​डिस्प्ले दिइएको छ । प्रो मोडलको प्यानल १० हटर््जदेखि १२० हर्ट्जसम्म स्केल गर्नसक्छ र स्मुथ मोशन र पावर–एफिसियन्ट सिस्टमको अनुभव दिनका लागि यो आफ्नो रिफ्रेश रेटलाई एडजस्ट गर्नसक्छ ।

यसबाहेक यो मोडलमा एप्पलको नयाँ इन–हाउस A16 Bionic SoC पाइन्छ जुन दुई हाई–परफर्मेन्स र चार एफिशिएन्ट कोरका साथ कुल सिक्स कोरबाट ल्यास सीपीयू हो, साथै एउटा १६–कोर न्युरल इन्जन पनि छ । यो चिपसेटको क्षमता पछिल्लो चिपको तुलनाम ५० प्रतिशतसम्म उत्कृष्ट भएको दाबी गरिएको छ ।

फोटो र भिडियोका लागि एप्पल प्रो मोडलको क्यामरा हार्डवेयरको मामिलामा एक कदम अघि बढेको छ । एउटा नयाँ ४८ मेगापिक्सल प्राइमरी क्यामरा सेन्सर छ जसलाई टेलिफोटो र अल्ट्रा–वाइड एंगल फोटोका लागि दुई १२–मेगापिक्सल सेन्सरसँग जोडिएको छ । प्राइमरी वाइड क्यामरा सेन्सरलाई f/1.5​ अपर्चर लेन्ससँग जोडिएको छ । ट्राइपोडको प्रयोग गर्ने बेला यो कम आवाज, तेज शटर र लामो ब्रेकेटका लागि बढी प्रकाश तान्न सक्ने दाबी गरिएको छ । कम्प्युटेशनल फोटोग्राफीका कारण अब टेलिफोटोसहित सबै क्यामरा नाइट मोडसँग काम गर्न सक्छ । तेस्रो क्यामरामा 3X​अप्टिकल जुमसहित टेलिफोटो लेन्स पाइन्छ ।

आइफोन १४ प्रो म्याक्सको विशेषता

आइफोन १४ प्रोको समान हार्डवेयरद्वार सुसज्जित आइफोन १४ प्रो म्याक्स ती व्यक्तिका लागि एउटा विकल्प हो जसलाई ठूलो डिस्प्ले मन पराउँछन् । टप–अफ–द–लाइन ह्यान्डसेटमा ProMotion 120Hz​ रिफ्रेश रेट फिचरका साथै ६.७ इन्च AMOLED​ डिस्प्ले पाइन्छ । एप्पलले दाबी गरे अनुसार आइफोन १४ प्रो म्याक्स आफ्नो पछिल्लो मोडलको तुलनामा बढी ब्याट्री ब्याकअप दिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप