सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्जु र प्रताप दासको नयाँ गीत ‘आमा’ सार्वजनिक

बिहीबार, २३ भदौ २०७९, १९ : २०
बिहीबार, २३ भदौ २०७९

गायिका अन्जु पन्त र गायक प्रताप दासको स्वर रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । सुदन खत्रीको शब्द रहेको गीतमा एलेन मगरको संगीत छ । 

आमा छोराबीचको दुःखका प्रसंग समेटिएको गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । घरको समस्या टार्न विदेश जान लागेको छोरालाई नेपालमै बस्न आमाले गरेको बिलौना गीतमा छ ।

गीतको भिडियो भने राणाव इन्टरटेनमेन्टले निर्माण गरेको हो । रश्मी भट्ट, जिम्बे राई, मदन थापा लगायतको अभिनय रहेको भिडियो राहुल बराइलीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप