साफ यू-१७ मा आज नेपालले भारतको सामना गर्ने
शुक्रबार, २४ भदौ २०७९, ०८ : ०७
श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतको सामना गर्ने भएको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।
समूह 'बी' मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।