मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : इन्द्रजात्राको महिमा

शुक्रबार, २४ भदौ २०७९, ११ : ५३
शुक्रबार, २४ भदौ २०७९

देवराज इन्द्र र माता अदितीको
धार्मिक कथा हो इन्द्रजात्रा ।
मल्लकालदेखि चल्दै आएको
ऐतिहासिक पर्व हो इन्द्रजात्रा ।
जीवित देवीले रथयात्रा गर्ने एकमात्र
धार्मिक पर्व हो इन्द्रजात्रा ।
प्राचीन संस्कृति झल्काउने
साँस्कृतिक पर्व हो इन्द्रजात्रा ।
व्यक्ति, समाज र राष्ट्रलाई जोड्ने
सामाजिक पर्व हो इन्द्रजात्रा ।
आठ दिनसम्म हर्ष साट्दै मनाइने
पारिवारिक पर्व हो इन्द्रजात्रा ।
महिलाको छुट्टै पहिचान बोकेको
समावेशी पर्व हो इन्द्रजात्रा ।
संविधानले बोलेझैं ४ वर्ण ३६ जातको
साझा फूलबारी हो इन्द्रजात्रा ।।
                हालः गुठी संस्थान
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप