सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुर्लभ सर्पले निल्यो खजुरो, मृत्युको कारण बारे अन्योल

शुक्रबार, २४ भदौ २०७९, १३ : ४०
शुक्रबार, २४ भदौ २०७९

सन् १९७५ देखि फ्लोरिडाको लोपोन्मुख जीवको श्रेणीमा समावेश रिम रक क्राउन्ड स्नेक पर्ने गर्छ । यो असाध्यै विरलै देखिन्छ । चार वर्षमा पहिलो पटक यो देखियो तर निकै विचित्र तरिकाले मृत अवस्थामा यसलाई भेटियो । मुखमा एउटा विशाल खजुरो थियो ।

फ्लोरिडाको जन पेनक्याम्प कोरल रिफ स्टेट पार्कमा एउटा ढुङ्गा माथि भेटिएको रिक रक क्राउन्ड स्नेकको मुखमा खजुरो थियो । एक आगन्तुकले यो देखेका थिए । नजिक गएर हेर्दा सर्प र खजुरो दुबै मरिसकेका थिए । खजुरोको आधाभन्दा बढी शरीर सर्पले निलिसकेको थियो । सर्पले खजुरोलाई टाउको तिरबाट निल्ने  कोसिस गरेको थियो । यो विचित्र घटनामाथि गरिएको यो शोध द साइन्टिफिक नेचुरलिस्ट प्रकाशित भएको छ ।

 यी दुबै जीवलाई यसै स्थितिमा जीव वैज्ञानिक समक्ष पेश गरियो । त्यसपछि उनीहरुले सर्प र खजुरोको एक्स रे गरे, खजुरो सर्पको शरीरको निकै भित्र पुगिसकेको त्यसैमार्फत् पत्ता लाग्यो । यसैकारण सर्प सास फेर्न सकिरहेको थिएन । सास फेर्न नपाएपछि सर्पको मृत्यु भयो । त्यसमाथि सर्प मात्रै विषालु भन्ने हुँदैन । खजुरो पनि विषालु हुन्छ । खजुरोको विषको असर सर्पमाथि पर्यो ।

रिम रक क्राउन्ड स्नेक विषालु हुँदैन । यसको टाउको कालो रङको हुन्छ । शरीर हल्का गुलाबी रङको हुन्छ । लम्बाई साधारणतया ६ देखि ११ इन्चको हुन्छ । यो फ्लोरिडामा मात्रै पाइन्छ । विशेषगरी दक्षिण–पूर्वी अटलान्टिक तटनजिकै । अन्तिम पटक जिउँदो सर्प सन् २०१५ मा देखिएको थियो । त्यसपछि यसलाई पुनः सन् २०१८ मा देखिएको थियो तर एउटा बिरालोले त्यसलाई मारेको थियो ।

फ्लोरिडा फिश एन्ड वाइल्डलाइफ कन्जरभेसन कमिशनका एसोसिएट रिसर्च साइन्टिस्ट केविन एंगले रिम रक क्राउन्ड स्नेक जमिनको स–सानो खाल्डोमा बस्छन् । साधारणतया लुकिरहन्छन् । भारी वर्षापछि मात्रै देखिन्छन् । यदि कुनै सर्प प्रेमीले यसलाई देखे भने उनीहरुको खुसीको सिमाना नै हुँदैन । तर यो सहजै कहाँ देख्न पाइन्छ र ? मृत भेटिएको सर्पको लम्बाई ८ इन्च थियो ।

सर्पले निल्न खोजेको खजुरो एक क्यारेबियन जोइन्ट सेन्टिपेड हो । यो खजुरो तीन इन्च लामो थियो । जसको एक इन्च हिस्सा मात्रै सर्पको मुख बाहिर थियो । यद्यपि, सास फेर्न नपाएर वा विषका कारण यी दुई जीवको मृत्यु भयो भन्नेबारे वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् । यसका लागि अर्को एउटा अनुसन्धान गरिनेछ । यद्यपि, लगातार स्क्यान र एक्सरे इत्यादि भने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप