सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विपन्न विद्यार्थीका लागि पाठ्यसामाग्री जम्मा गर्न एलआरआईमा कुटुम्बको सांगीतिक प्रस्तुति

शुक्रबार, २४ भदौ २०७९, १४ : ०८
शुक्रबार, २४ भदौ २०७९

ग्रामीण भूभागका विपन्न विद्यार्थीका लागि पाठ्यसामग्री संकलन गर्न कुटुम्ब ब्यान्डले एलआरआई स्कुलमा सांगीतिक प्रस्तुती दिएको छ । स्कुल टु स्कुल कार्यक्रम अन्तरगत बिहीबार कुटुम्बले एलआरआई स्कुलमा आफ्नो सांगीतिक प्रस्तुति दिएको हो । 

सेभ द चिल्ड्रेनको सहयोगमा कुटुम्ब ब्यान्डले बिहीबार आफ्नो सांगीतिक प्रस्तुति दिएर करिब ५ सय विद्यार्थीलाई पुग्ने पाठ्यसामग्री संकलन गरिएका विद्यालयका प्रशासकीय प्रमुख दिपक जोशीले बताए ।  नेपालका ग्रामिण भेगमा रहेका अति न्युन आय भएका विद्यार्थीलाई पाठ्यसामग्रीमा सहयोग पुगोस् भन्ने अभिप्रायले कुटुम्ब ब्यान्डले स्कुल स्कुलमा सांगीतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । शहरका विभिन्न विद्यालयबाट कापी, कलम, पेन्सिल, इरेजर तथा अन्य पाठ्य सामग्रीहरु जम्मा गरी ग्रामीण भूभागका अति बिपन्न परिवारका गरीब विद्यार्थीलाई त्यस्ता सामाग्री वितरण गर्ने गरिएको छ । 

विद्यालयहरुमा हुने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सहयोगको भावना विकास हुने तथा विद्यार्थीमा संगीत प्रतिको रुची पनि बढ्ने गरेको एलआरआई स्कुलकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यशरेखा पन्तले बताइन् ।  एलआरआई स्कुलले आफ्ना विद्यार्थीबाट जम्मा गरिएको पाठ्य सामग्रीबाहेक एलआरआई इन्टर्याक्ट क्लब, द एलआरआई स्टुडेण्ट काउन्सिल तथा विद्यालयकै तर्फबाट पनि सहयोग गरेको थियो । 

कुटुम्ब ब्यान्ड एक नेपाली लोक वाद्य ब्यान्ड हो । यो ब्यान्डले बाँसुरी, सारङ्गी, मादल, तुङ्गना, ढोल, झ्याम्टा, अर्बाजु, धिमे, ढ्याङ्ग्रो, डम्फु, खिन र गायन कटोरा जस्ता नेपाली परम्परागत वाद्ययन्त्रहरू मात्र प्रयोग गर्ने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप