सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिंगल सटमा खिचिएको गायक सञ्जीव पराजुलीको ‘क्यार्ने हो...’ सार्वजनिक

शुक्रबार, २४ भदौ २०७९, २१ : १२
शुक्रबार, २४ भदौ २०७९

विभिन्न लोकप्रिय गीतहरूका गायक सञ्जीव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।
वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियाे ‘वान शट’ मा छायाङ्कन भएको छ । राजन इशानको संगीत संयोजन गीतमा छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ ।

‘सिंगल शट’ म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ । गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’ ,  ‘कर्के नजर’, ‘छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप