मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भूपी र शंकरको सम्झनामा

शनिबार, २५ भदौ २०७९, ०६ : २८
शनिबार, २५ भदौ २०७९

मेरो यो पुरानो दराज
अनि यी
पुरानो  किताबहरू
जहाँ,
भूपी शेरचन भेटिन्छन् 
केही लेखिरहेका
चित्त नबुझेर त्यसलाई केरिरहेका
फेसबुकबारे एउटा कविता
टिकटकबारे अर्को लेख्दै गरेका
शंकर लामिछाने नजिकै झुल्कन्छन्
तल्लीन छन् निबन्धमा
निजात्मक निबन्ध
एक पत्र जुकरबर्गलाई लेख्दैछन् कि ?


अलि अक्षर बुझिन
मलाई औधी मनपर्ने यी दुई लेखक
सोच्छु,
यो बेला
के सोच्दैछन्
के लेख्दैछन्
दुबै तल्लीन छन्
देश, काल र परिस्थिति कोर्न
समय समातिन्छ
जीवन्त बन्छ
भूपीले कोरोना भाइरसलाई समाउँछन्
त्यसलाई कोर्छन्
शंकरको पेशा त्यस्तै, कोरोनाले समाउँछ
तर डराउँदैनन् उनी
घरेलु उपचार गर्छन्
पोख्छन् आफ्नो अनुभव
रोगले छाड्छ
तर उनको कलमले 
त्यसलाई नि अमर बनाउँछ
समय समाउँछ
बीचमा अंग्रेजी शब्द पस्छ
‘रेस्पिरेसन’मा अलि ग्राहो भाथ्यो लेख्छन्
शीर्षक के होला ?
छोटो नहोला, लामै होला
शंकर शीर्षक खोज्दै हुन्छन्
भूपी कवितामा बीचतिर 
चित्त नबुझेको 
शब्द फेर्दै हुन्छन्
दुईटा लेख तयार हुन्छन्
एउटा कविता
अर्को निवन्ध
दुबैजना सम्झन्छन् 
लेख खोज्ने सम्पादक र पत्रिका
जो म र मेरो मानसपटल 
भएको पो पाउँछन्
पठाउन आग्रह गरेझै लाग्छ 
यो सिर्जना
कुनै  पत्रिकाको पानामा
र, छापिदैछ त्यहाँ एउटा कविता
आफ्ना दुई प्रिय लेखकको सम्झनामा ।
लेखकको सम्झनामा ।।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप