सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप : पाकिस्तान श्रीलंकासँग पराजित

शनिबार, २५ भदौ २०७९, ०७ : ३७
शनिबार, २५ भदौ २०७९

एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए । यस्तै, भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, मुहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे । श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । 

सुपर फोरमा यसअघि श्रीलंका र पाकिस्तान दुवैले भारत र अफगानिस्तानलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप