आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा सर्पको डसाइबाट महिलाको मृत्यु

शनिबार, २५ भदौ २०७९, ०९ : १६
शनिबार, २५ भदौ २०७९

बिषालु सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा काम गर्ने क्रममा शुक्रबार अबेर सर्पले डसेको थियो । 

लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ । 

मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशकाे विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । 

जिल्लाको नवरपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप