मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा फरार रहेका लहानका उपप्रमुख महतो प्रहरीमा हाजिर

शनिबार, २५ भदौ २०७९, ११ : ३२
शनिबार, २५ भदौ २०७९

बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरीमा हाजिर भएका छन् । उनी कानुन व्यवसायीमार्फत इलाका प्रहरी कार्यालय लहानमा हाजिर भएका हुन् । 

प्रहरीले महतोलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार लहानस्थित प्रादेशिक अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरि थुनामा राखिएको छ ।

गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीय महिलामाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ । ति महिलाले साउन ४ गते इलाका प्रहरी कार्यलय लहानमा जाहेरी दिएकी थिइन । 
जाहेरी परेको खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए । उनी करिब दुई महिनापछि प्रहरीमा हाजिर भएका हुन् । 

उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबर्जस्ती करणीको प्रयास गरेको ती महिलाले जाहेरीमा उल्लेख गरेकी छन । यता उपमेयर महतोले आफु निर्दोष रहेको र आफुलाई बदनाम गर्न खोजेको बताएका छन ।

महतो गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप