सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इगालाई यूएस ओपनको उपाधि

आइतबार, २६ भदौ २०७९, ०८ : ४१
आइतबार, २६ भदौ २०७९

विश्व नम्बर १ खेलाडी इगा स्वान्तेकले पाँचौँ वरीयताकी टुनिसियाली खेलाडी ओन्स जाबेउरलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेकी छन् । सन् २०२२ मा उनको यो दोस्रो उपाधि हो ।

२१ वर्षीया पोलिस खेलाडीले ६–२, ७–६ (५–५) को जीत हासिल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भइन् । एकतर्फी पहिलो सेटपछि २८ वर्षीया जाबेउरले दोस्रो सेटमा पुनरागमनको प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन ।

हार्ड कोर्टमा स्वान्तेकको यो पहिलो उपाधि हो । यसअघिका दुवै उपाधि उनले फ्रेन्च ओपनको क्ले कोर्टमा जितेकी थिइन् । उता गत जुलाईमा विम्बल्डनको फाइनलमा पराजित जाबेउरको उपाधिको प्रतीक्षा भने अझै लम्बिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप