आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन : महासचिव गुटेरेस

आइतबार, २६ भदौ २०७९, ०८ : ५१
आइतबार, २६ भदौ २०७९

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए ।

'मैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैन', उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने । 'आज मैले देखेको कुरा वर्णन गर्न मसँग कुनै शब्द छैन', उनले भने ।

युनाइटेड किंगडम जति क्षेत्रफल ओगटेको बाढीमा झण्डै १ हजार ४ सय जनाको  मृत्यु भएको छ । बाढीले लाखौँ हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट गरेको छ र घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पारेको छ ।

बाढीका कारण ३० अर्ब डलरभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । महासचिव गुटेरेसले बाढीग्रस्त पाकिस्तानलाई सहयोग गर्न पनि आह्वान गरे ।  बाढीग्रस्त पाकिस्तानलाई बेलायत, क्यानड, चीनलगायतका देशले सहयोग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप