आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी त्यागेर चापागाईं फर्किए एमाले

आइतबार, २६ भदौ २०७९, १० : ३७
आइतबार, २६ भदौ २०७९

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।  एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं ​अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए । 

आइतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् । राससका पूर्व कार्यकारी अध्यक्ष समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप