सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं-२ मा कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी

आइतबार, २६ भदौ २०७९, १२ : १४
आइतबार, २६ भदौ २०७९

सत्ता गठबन्धनबाट काठमाडौं –२ मा उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको छ । काठमाडौं – २ मा गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को मुख्य दाबी छ । ०७४ मा तत्कालीन नेकपा एमालेबाट माधव कुमार नेपाल निर्वाचित काठमाडौं –२ मा कांग्रेसबाट उम्मेदवारको लर्को छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल रौतहट जाने भएपछि काठमाडौं –२ कांग्रेसबाट उम्मेदवारका आकांक्षी नेताहरु सशक्त दाबीका साथ अगाडि आएका छन् । कांग्रेस नेता प्रतिमा गौतम, दीपक कुईंकेल, लोकेश ढकाल, डा माधवी भट्ट पराजुली, मनिष कोइराला, कबिर शर्मा लगायत उम्मेदवारका आकांक्षी छन् । कांग्रेसको तल्लो कमिटीले उनीहरुलाई उम्मेदवारका लागि सिफारिस पठाएको छ । तर एकीकृत समाजवादीले काठमाडौं – २ छोड्ने मुडमा छैन ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाललाई काठमाडौं –२ बाट उम्मेदवार बनाउने माधव नेपालको तयारी छ । काठमाडौं – २ मा शंखरापुर नगरपालिकाको १ देखि ९, कागेश्वरी–मनोहरा नगरपालिकाको ४ देखि ९ र काठमाडौँ महानगरपालिकाको ९ र ३२ नम्बर वडा पर्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप