सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तापक्रमको सीधा असर दिमागमा : असाध्यै गर्मी वा चिसो मौसमले घृणा बढाउँछ, १ देखि २१ डिग्री सेल्सियममा सबैभन्दा राम्रो मुड

आइतबार, २६ भदौ २०७९, १२ : २३
आइतबार, २६ भदौ २०७९

तापक्रम तपाईंको दिमाग र व्यवहारसँग सीधै सम्बन्धित छ । धेरै गर्मी वा चिसो दुवैले तपाईंलाई क्रोध र घृणाले भर्दछ । हामी १२ देखि २१ डिग्री सेल्सियसमा राम्रो मुडमा हुन्छौँ । यो समयमा रिस पनि कम उठ्छ ।

द ल्यान्सेट प्लानेटरी हेल्थले अमेरिकाका ७७३ सहरमा बसोबास गर्ने मानिसहरूको व्यवहारमा तापमान अनुसार अध्ययन गर्‍यो । यसमा धेरै तातो वा धेरै चिसो हुँदा मानिसमा क्रोध बढ्ने र शारीरिक रूपमा रिस वा घृणा देखाउन नसकेपछि अनलाइनमा व्यक्त गर्ने गरेको पाइएको थियो ।

मौसममा परिवर्तन हेट स्पिचको कारण हो

प्रतिवेदनमा भनिएको छ – अमेरिकाको हिट वेभका बेला अनलाइन हेट स्पीच वा हेट टेक्स्टका घटनामा उल्लेख्य वृद्धि भएको छ । अनुसन्धानकर्ताका अनुसार अमेरिकामा २५ प्रतिशत अश्वेत र १० प्रतिशत हिस्पानिक मानिसहरू अनलाइन हेट स्पिचको सबैभन्दा बढी शिकार भएका छन् । मौसममा आएको परिवर्तनले एलजीबीटीक्यू समुदायका चार गुणा बढी मानिसहरू अनलाइन हेट स्पिचको सिकार भएका छन् ।

हेट स्पिचका ७ करोड ५० लाख ट्वीट्स

द ल्यासेन्ट प्लानेटरी हेल्थको टीमले पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चका लियोनी वेन्जको नेतृत्वमा मे २०१४ देखि मे २०२० सम्म ६ वर्षसम्म अमेरिकामा गरिएको ४०० करोड ट्वीट्सको अनुसन्धान गरे । यसका लागि उनले आर्टिफिसियल इन्टेलिजेन्समार्फत् एलगोरिदम तयार गरे, जसले हेट स्पिचलाई चिन्दथ्यो । यसमा ७ करोड ५० लाख ट्वीट्स हेट स्पिचका थिए अर्थात् कुल ट्वीट्सका २ प्रतिशत ।

टोलीले कुन कुन क्षेत्रबाट आएका ट्वीटहरू र त्यस दिन त्यहाँको मौसम कस्तो थियो भनेर जाँच गर्‍यो । जहाँ तापक्रम १५ देखि १८ डिग्री सेल्सियस थियो, त्यहाँ हेट स्पिच ट्विटमा अलिकति वृद्धि भएको थियो । –३ देखि –५ डिग्री सेल्सियसको तापक्रममा बस्ने मानिसहरूले अरूको तुलनामा १२.५ प्रतिशत ​​बढी हेट स्पिचयुक्त ट्वीट गरे ।

मरुभूमि क्षेत्रहरूमा २२ प्रतिशत हेट स्पिचयुक्त ट्वीट

मरुभूमि क्षेत्रहरूमा जहाँ तापमान ४२ देखि ४५ डिग्री सेल्सियस थियो, हेट स्पिचयुक्त ट्वीटमा २२ प्रतिशतसम्म वृद्धि भयो । यस अध्ययनमा संलग्न एन्ड्रेस लेभरम्यान भन्छन्, ‘उच्च औसत आम्दानी भएका ती इलाका जहाँ मानिसहरु एसी किन्न सक्छन्, त्यहाँ पनि जब तापक्रम बढ्यो तब मानिसहरुले रिसमा घृणायुक्त ट्वीटहरु अत्यधिक गरे । तर हामीले मौसमसँग तालमेल मिलाउन नसकेको भन्ने चाहिँ होइन ।’

संयुक्त राष्ट्र संघले घृणायुक्त भाषणको परिभाषालाई आधार मानेको थियो

हेट स्पिचका लागि अनुसन्धानकर्ताको समूहले युनाइटेड नेशनको परिभाषालाई मानक माने । यस अनुसार कुनै पनि व्यक्ति वा समूहमाथि उसको धर्म, जाती, राष्ट्रियता, रंग लिङ्ग वा अरु कुनै पहिचानको आधारमा कुनै पनि प्रकारको अपमानजनक टिप्पणी हेट स्पिच अन्तर्गत पर्ने गर्छ । यसमा सबैभन्दा ठूलो समस्या ती टिप्पणीको वर्गीकरण गर्न भयो जुन एक समूह र समुदायका लागि सम्मान वा प्रेम त अर्कोका लागि अपमानजनक थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप