सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ऋतुहरुमा ’ स्मारिकासँग रोमान्टिक बने शाहिल

आइतबार, २६ भदौ २०७९, १७ : ०८
आइतबार, २६ भदौ २०७९

गायक शाहिलराज पाण्डेको नयाँ गीत ‘ऋतुहरूमा ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । मोडल समेत रहेका  शाहिलकै शब्द  तथा स्वर रहेको गीतमा संगीत श्याम बाग्दासको छ ।

पेशाले मेकानिकल इञ्जिनियर रहेपनि गायक तथा मोडलको रुपमा पनि सक्रिय शाहिललाई भिडियो अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् । अन्जानमै एकै नजरमा प्रेममा डुबेको साहिल र स्मारिकाको प्रेमभावलाई कलात्मक शैलीमा भिडियोमा उतारिएको छ ।

गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए । 
उत्सब दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । गायक साहिलका यसअघि नैना, जिन्दगी, पानी थिए लगायतका गीतले बजारमा चर्चा पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप