सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संघीय संरचानामा १९ पृष्ठको २४ वटा स्वास्थ्य नीतिसहित पहिलो मस्यौदा तयार

मङ्गलबार, ०४ पुस २०७४, १० : १३
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौँ । संघीय संरचना अनुसार १९ पृष्ठको २४ वटा स्वास्थ्य नीति सरकारलाई बुझाइएको छ । मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले नीतिको पहिलो मस्यौदा तयार पारेर सरकारलाई बुझाएको हो ।  

समितिले तयार पारेको राष्ट्रिय स्वास्थ्य नीति २०७४ को प्रारम्भिक मस्यौदा स्वास्थ्यमन्त्री दीपक बोहोरालाई बुझाईएको छ ।  समितिले नीति अनुसारका रणनीतिहरु पनि बुँदागत रुपमा प्रस्तुत गरेको छ । 

सो नीतिमा संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी अधिकार नागरिकले समुचित उपभोग गर्न पाउने अवसर सृजना गर्ने, संघीय संरचना अनुरुप स्वास्थ्य सेवा प्रणालीलाई विकास, विस्तार र सुधार गर्ने, सबै तहका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिेन सेवाको गुणस्तर सुनिश्चित गर्ने र विद्यामान चिकित्सा पद्धति आयूर्वेद तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरुको विकास एवम् प्रवर्धन गर्ने जनाईएको छ ।

सामाजिक न्यायको सिद्धान्तमा आधारित रहि, सामाजिक स्वास्थ्य वीमालाई सुद्धृढीकरण गर्दै सबै नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइने जनाइएको छ । सबै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाको पँहुच सुनिश्चित गरिने, समतामूलक पहुँचको सिद्धान्तमा आधारित रहि विभिन्न उमेर समुह, लिंग, क्षेत्रलगायत बिपन्न, सीमान्तकृत, दलित तथा लोपोन्मुख समूहलाई प्राथमिकताका साथ स्वास्थ्य सेवा सुनिश्चित गरिने छ । 

यस्तै संघीय संरचनाको तहगत जिम्मेवारी अनुरुप संघ, प्रदेश र स्थानीय तहमा स्वास्थ्य प्रणालीलाई आधुनिक तथा प्राविधिमैत्री पद्धतिको रुपमा विकास गरिने छ ।
प्रवद्र्धनात्कम, प्रतिकारात्मक, उपचारात्मक स्वास्थ्य सेवामा दिइआएको प्राथमिकतालाई कायम राख्दै पुनःस्थापनात्कम तथा प्रशासक सेवासहित जनस्वास्थ्य कार्यक्रमलाई विकास तथा विस्तार गरिने कुरालाई जोड दिइएको छ । 

संघीयता अनुसारको नीति बनाउन नेपाली काङ्ग्रेसका नेता पूर्व स्वास्थ्य मन्त्री गगन थापाको पालामा उच्चस्तरीय समिति गठन गरिएको थियो । मन्त्रीकै अध्यक्षतामा बनेको १३ सदस्यीय समितिले काम अगाडि बढाएपछि सरकार परिवर्तन भएको थियो । अर्का, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको पालामा पनि यो प्रक्रिया अघि बढेको थियो । 

नेपाली काँग्रेसको सरकारमा दीपक बोहोरा स्वास्थ्यमन्त्री भएपछि पुरानो समिति खारेज गर्दै नयाँ समिति बनाइएको थियो । सोही नयाँ समितिले मन्त्री बोहोरालाई मस्यौदा बुझाएको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप