श्वेत भैरवको मुखबाट छ्याङ् पिउन महिलाहरुको भीड (फोटो फिचर)
आइतबार, २६ भदौ २०७९, २२ : ४७
आज इन्द्र जात्राको छैठौं दिन । काठमाडौंमा नेवार समुदायका महिलाहरुले श्वेत भैरवको मुखबाट छ्याङ् खाएर (पिएर) मनाए । इन्द्रजात्राको छैठौं दिन महिलाहरुलाई छ्याङ् खुवाउने चलन छ । त्यो दिनलाई रथलाई आराम गर्न दिनका रुपमा लिइन्छ । पहिला पुरुषहरू मात्र सहभागी हुने उक्त अवसर केही वर्षयता एकदिन महिलाका लागि पनि छुट्ट्याउन थालिएको छ।
सोहीअनुसार हनुमानढोकामा रहेको स्वेत भैरवको मूर्तिबाट महिलाहरुले छ्याङको प्रसाद ग्रहण गर्ने गरेका छन् । आइतबार उक्त मन्दिरमा छ्याङ खानका लागि महिलाहरूको भीड लागेको थियो। मूर्तिको पाइपबाट बगेको छ्याङ पिउने चलन छ। छ्याङसँगै समयवजी लगायतका प्रसाद पनि खुवाउने चलन रहेको छ ।