सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुगम र अस्मिताको ‘तिमी छौ र त’ सार्वजनिक

सोमबार, २७ भदौ २०७९, ११ : ४८
सोमबार, २७ भदौ २०७९

गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । गीतकार सुजन कोइरालाको शब्द र सीडी विजय अधिकारीको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज छ ।

गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियो आकाश र करुणाको प्रेम देखाउन खोजिएको छ । उत्तम हुमागाईको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन माधव बेलबासे हुन् । भिडियो युट्युवबाट सार्वजनिकलगतै सबैको रोजाइमा पर्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप