मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा, तस्बिरहरू हेर्नुहोस्

सोमबार, २७ भदौ २०७९, १६ : ०४
सोमबार, २७ भदौ २०७९

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोली काठमाडौँ आइपुगेको छ । ६७ जनाको टोलीसहित ली नेतृत्वको टोली सोमबार अपराह्न विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । लीले नेपाली समकक्षी अग्नि सापकोटासँग अपराह्न ५ बजे संसद् भवनमा भेटवार्ता र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि आजै उनको सम्मानमा सोल्टी होटलमा डिनर राखिएको छ । नेपाल भ्रमणका क्रममा लीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप